ललितपुर । विप्लव समुहका मोरङ जिल्ला इन्चार्ज उदय राई उगेन नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गर्नुभएको छ । आज बिहान अध्यक्ष निवास खुमलटारमा उहाँलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको हो ।
सो अवसरमा अध्यक्षले देशको समृद्धि र विकासको निर्विकल्प पार्टी नेकपा भएकाले देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरुको मूलप्रवाहमा समाहित भई राष्ट्र निर्माणमा जुट्नु पर्ने बताउनुभयो ।
नवप्रवेशी राईले नेकपा विप्लव नेतृत्वको पार्टीले गरेको अराजक गतिविधिहरु प्रतिगामी, यथास्थितिवादी शक्ति र प्रवृत्तिलाई मलजल गर्ने भएको बताउँदै समृद्ध र समानतासहितको वैज्ञानिक समाजवादी व्यवस्थाको आधार खडा गर्दै जानु अहिलेको महत्वपूर्ण र ऐतिहासिक आवश्यकता भएकाले सो समुह परित्याग गरेको बताउनुभयो ।
उहाँले विप्लव नेतृत्वको नेकपाको भ्रममा परेर रहेका सम्पूर्ण इमान्दार र क्रान्तिकारी साथीहरुलाई अहिलेको आवश्यकतालाई बोध गरी मुलधार नेकपामा आउन आह्वान र आग्रह पनि गर्नभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ माघ २०७६, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ