काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा जोड दिएका छन्।
मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले कृत्रिम बौद्धिकता र आधुनिक प्रविधिलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षासँग जोड्नुपर्ने बताएका हुन्।
उनले शिक्षा क्षेत्रमा नवप्रवर्तनको कमी रहेको उल्लेख गर्दै डिजिटल शिक्षामार्फत त्यसको परिपूर्ति गर्नुपर्नेमा जोड दिए। शिक्षालाई अनुशासन, अनुसन्धान र नवप्रवर्तनसँग जोडेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
‘शिक्षाले विनम्रता, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्छ । बहुजातीय मुलुकमा शिक्षा नै सद्भावको आधार हो । राष्ट्र निर्माणमा शिक्षाले महत्वपूर्ण योगदान दिन सक्नुपर्छ । भविष्य निर्माणका लागि शिक्षा क्षेत्रमा सुधार आवश्यक छ,’ उनले भने, ‘युवालाई स्वरोजगारतर्फ उन्मुख बनाउन शिक्षाले सहयोग गर्नुपर्छ । प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ । शिक्षक राष्ट्र निर्माणका अभियन्ता हुन् र विश्वविद्यालयलाई अनुसन्धानको केन्द्रका रूपमा विकास गरिनुपर्छ ।’
कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले सहज र सुलभ रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने आफ्नो अभियानलाई मदन भण्डारी मेमोरियल कलेजले निरन्तरता दिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असार २०८३, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
उपराष्ट्रपति यादव र प्रदेश प्रमुखबीच भेटवार्ता
उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूत अल्दिवानीको शिष्टाचार भेट
आधुनिक चिकित्सासँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ : उपराष्ट्रपति यादव
महिलालाई सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति यादवसँग चिनियाँ राजदूत माओमिङको भेट