काठमाडौं । प्रतिनिधिसभाको बैठक तेस्रोपटक स्थगित भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गत बिहीबारदेखि संसद् अवरुद्ध गर्दै आएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले ससंद्को कारबाही अघि बढाउनासाथ प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसलगत्तै सभामुख सापकोटाले तीनपटक बैठक अवरुद्ध भएकाले सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभए पनि सम्भव भएन।
सभामुखमा निर्वाचित भएपछि आफूलाई बधाई दिँदा सदन सञ्चालन निष्पक्ष होस् भनी कांग्रेसका सांसदहरूले दिएको सुझाव स्मरण गर्दै उहाँले सदन चल्न दिन अनुनयविनय गर्दा पनि हल्ला गरिरहे।
तैपनि सभामुख सापकोटा बोल्न छाड्नुभएन। उहाँ बोलिरहनुभयो– ‘दुईपटकसम्म सदनमा धारणा राखिसक्नुभयो। त्यसैले संवैधानिक आयोगको निर्णय र अदालत प्रवेश गरिसकेको विषयमा संसद् अवरुद्ध गरिरहनुको औचित्य रहँदैन। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २७ माघ २०७६, ०६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे