‘प्रतिनिभिसभा बैठक’ नै विजय गच्छदार कै पेरिफेरिमा घुम्यो

सफल खबर संवाददाता

शुक्रबार, २४ माघ २०७६, ०८ : ०४
‘प्रतिनिभिसभा बैठक’ नै विजय गच्छदार कै पेरिफेरिमा घुम्यो

file photo

काठमाडौँ । बिहिबारको प्रतिनिधिसभा बैठक काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार कै पेरिफेरिमा घुम्यो । पटकपटक पार्टी परिवर्तन गर्दै र मन्त्री खाँदै आएका गच्छदार सम्भवतः दोस्रो जनआन्दोलनपछि सबैभन्दा बढी मन्त्री हुनेमा पर्छन् । तर यसपटक नेपाली काँग्रेसमा पुनः फर्किएलगत्तै उनलाई ठूलो बज्रपात आइलाग्यो । भ्रष्टाचारको मुद्दा लागेकाले उनी संसदबाट स्वत निलम्बनमा परेका छन् ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित १७५ जनालाई मुद्दा चलाएपछि गच्छदार चर्चाको शिखरमा छन् । प्रतिपक्ष दल काँग्रेसले फसाउन खोजेको आरोप लगाएको छ भने सत्तारुढ दलले कानुन अनुसार अख्तियारले आफ्नो काम गरेको बताएका छन् । दोषी हो होइन भन्ने कुरा अदालतको विषय हो ।

प्रतिनिधिसभा बैठक नै गच्छदारकै पेरिफेरिमा घुमेको छ । उनलाई मुद्दा चलाएकै कारण काँग्रेसले बैठक अबरुद्ध गरेको छ । आज शुक्रबार पनि बैठक बस्ने कार्यविधि छ । भउक्त प्रकरणमा अख्तियार दुरुपयोेग अनुसन्धान आयोगबाट भेदभावपूर्ण व्यवहार भएको काँग्रेसले आरोप लगाएको छ । काँग्रेस नेता बालकृष्ण खाँडले अब राजनीतिक रुपमा र कानुनी रुपमा लढाई लढ्ने बताइसकेका छन् ।

काँग्रेसका सचेतक पुष्पा भुसालले तत्कालीन सरकारले गरेका निर्णयका आधारमा कुनै मन्त्री र सचिवलाई भ्रष्टाचारको आरोपमा मुद्दा दयार गरिएको तर केही राजनीतिक र प्रशासनिक नेतृत्वलाई बचाइएको भनी आपत्ति जनाइन् ।

सभामुख अग्निप्रसाद सापाकोटाले काँग्रेसका तर्फबाट आएको धारणातर्फ सम्बन्धित निकायको ध्यान गएको होला भन्दै संसद्ले धेरै विधेयक अगाडि बढाउनुपर्ने भएकाले बसिदिन र सदन सञ्चालनका लागि सहयोग गर्न गरेको पटक पटकको आग्रह समेत काँग्रेसले नमानेपछि संसद अबरुद्ध हुन पुगेको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै संघीय समाजबादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पनि अख्तियारको गतिविधि पारदर्शी नभएको र प्क्रियागत समस्या रहेको बताए । भ्रष्टाचारीलाई कारवाही गर्नु सकारात्मक भएपनि दोषी उम्कने र निर्देश फस्ने अबस्था आउको उनले दावी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस