काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाकी सचेतक निशा डाँगीलाई बोल्न दिएका थिए । उनले लोकतन्त्रको विरासत धन्ने दलहरू सम्मिलित सरकारले डबल स्ट्याण्डर्ड लिएको बताइन् ।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद अनिसा नेपालीलाई बोल्ने समय दिए । उनले भारत र चीनबिच लिपुलेकलाई समेटेर भएको सहमतिप्रति आपत्ति जनाइन् । भिजिट भिसा प्रकरणमा सरकारले संसदीय छानबिन समिति गठन नहुँदासम्म सदन बहिस्कार गर्ने बताइन् ।
दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् । भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग बनाउनुपर्ने माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा गत जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ भदौ २०८२, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले महत्त्वाकाक्षी बजेट नै ल्याएको रास्वपाको दाबी
तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रास्वपा सभापति लामिछाने
विपक्षीको विरोधलाई रास्वपा सांसद खरेलले ‘तमासा’ भनेपछि संसदमा तनाव
न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न रास्वपा सांसदको माग
रास्वपाको पहिलो महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक
रास्वपाद्वारा बारामा जिल्ला तदर्थ समिति नबनाई स्थानीय अधिवेशनमा ध्यान केन्द्रित गर्ने निर्णय