काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका अशोक चौधरीलाई बोल्न दिएका थिए । उनले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने धम्की दिएको भन्दै आपत्ति जनाए ।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद धवलसमशेर राणालाई बोल्ने समय दिए । उनले जुम्लाको स्याउ किन्ने वातावरण निर्माण गर्न माग गरे । दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् । भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग बनाउनुपर्ने माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा गत जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ भदौ २०८२, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी
रास्वपा काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै
रास्वपाद्वारा ७७ वटै जिल्लामा अधिवेशनका लागि निर्वाचन समिति गठन
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए
तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व