काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका हरि ढकाललाई बोल्न दिएका थिए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दलीयकरण गरिएको आरोप लगाए ।
दलीयकरण भएका कारण जनताले उठाएका विषयमा छानबिन नगरेको आरो समेत उनले लगाए । त्यसपछि सभामुख घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्ने समय दिए । उनले जुम्लाको स्याउ किन्ने वातावरण निर्माण गर्न माग गरे ।
दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू संसद् बैठक कक्षबाट बाहिरिएका छन् । भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग बनाउनुपर्ने माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा गत जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ भदौ २०८२, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले बोलायो केन्द्रिय समिति बैठक
रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेन्डा ?
आइतबार रास्वपाको सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?
रास्वपाको ‘लेवी’ : सांसद-मन्त्रीबाटै वार्षिक ४ करोडभन्दा बढी संकलन
रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन