काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ललिता निवास प्रकरणमा विजयकुमार गच्छदारविरुद्धको मुद्दामा कुनै राजनीतिक पूर्वाग्रह नराखिएको बताएका छन् ।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटोले भने, ‘यहाँ लाला फित्ताधारी र स्वेत फित्ताधारीको व्यवहार भएको छैन । यो कानुन प्रयोजनको कुरा हो ।’ अख्तियारले हिजो बुधबार गच्छदारसहित १७५ जनामाथि मुद्दा दायर गरेको थियो । राजनीतिक पूर्वाग्रहका आधारमा गच्छदारलाई मुद्दा चलाइएको भन्दै कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठक नै अवरुद्ध गरेको छ ।
तर उक्त आरोप अस्वीकार बाँस्कोटोले भने, ‘आरोप र पूर्वाग्रह स्वीकार गर्नुपर्दैन । तथ्य त स्वीकार गर्नुपर्यो नि । तथ्य नै गलत छन् भने उहाँले अदालतमा राख्नुपर्यो र आफू निर्दोष प्रमाणित भएर आउनुपर्यो । फेरि सरकारले समातेर लगेर तँ दोषी नै होस् भनेर सरकारले करार गर्दैन ।’
मन्त्री बाँस्कोटाले अदालतले जे फैसला गर्छ सरकारले त्यही कार्यान्वयन गर्ने बताए । ‘दोषी ठहरिनु भयो भने हाम्रो के लाग्छ त बाबा’ उनले भने, ‘अदालतले सफाइ दियो भने सक्किगो नि ’ उनले भने ।’
बाँस्कोटाले ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्य र प्रमाणका आधारमा मुद्दा दायर गरेकाले यसमा अनावश्यक शंका गर्नु आवश्यक नरहेको बताए ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलका छोरालाई उन्मुक्ति दिएको तर कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई आरोपितका रुपमा मुद्दा दायर गरिएकोबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले तथ्य र प्रमाणको आधारमा नै मुद्दा दायर भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ माघ २०७६, १७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोकुल बास्कोटाको टिप्पणी, ‘पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेको छ’
प्रदेश संरचना पुनरावलोकन र समानुपातिक प्रणाली हटाउन गोकुल बास्कोटाको सुझाव
गोकुल बास्कोटाको सुझाव : 'सरकारले संघीयता खारेज गर्नुपर्छ'
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा