काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने सोनम लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा स्वम्यभू बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-५ घर भएका ३८ वर्षीय पासाङ लामा लगायत ३ जनालाई नगद १ लाख १ हजार ५ सय रुपैयाँसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१० डेरा गरी बस्ने ५२ वर्षीय प्रसाद गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१५ नयागाउँ बस्ने ३६ वर्षीय रबिन गुरुङ लगायत ६ जनालाई नगद ५४ हजार १ सय ८५ रुपैयाँ र ४ बुक ताससहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ माघ २०७६, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
अनलाइन जुवा खेलाएको आरोपमा ११ जना भारतीय नागरिक पक्राउ
जुवातास खेलेको आरोपमा १२ जना पक्राउ