काठमाडौँ । प्रहरीले देशका विभिन्न ठाउँमा जाँचका क्रममा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ।
प्रहरीले दाङ, कास्की र ललितपुरमा जाँच गर्दा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको हो।
दाङको तुलसीपुर उपमहानगरका-५ का ७२ वर्षीय काशिराम विश्वकर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा काशिरामसहित १० जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो।
कास्कीको पोखरा महानगर-१७ का ५५ वर्षीय धर्मदत्त गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा धर्मदत्तसहित नौजनालाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरे
त्यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका-१ का ५० वर्षीय श्यामकुमार राईको घरमा जुवातास खेलिरहेको अवस्थामा श्यामकुमारसहित आठजनालाई प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ बैशाख २०८३, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
दाङमा जुवातास खेलिरहेका सात जना पक्राउ
चितवनमा जुवातास खेलिरहेका २१ जना पक्राउ
जुवातास खेलिरहेका ८ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ