धनगढी । कैलालीमा दुई लाख १३ हजार नगदसहित जुवातास खेलिरहेका आठ जना पक्राउ परेका छन् ।
बुधबार राति साढे ११ बजेको समयमा गौरीगंगा नगरपालिका–८ को मसुरिया बजारमा रहेको चाइनिज कर्नर सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कर्नर सञ्चालक गौरीगंगा नगरपालिका–७ बस्ने ३० वर्षीय टेक मन्नीसहितका व्यक्तिहरु छन् । जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी उनीहरुलाई दुई लाख १३ हजार २७० रुपैयाँ र साढे चार हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट ४ गड्डी तास र ९ थान मोबाइल पनि बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मसुरियाको संयुक्त टोलीले जुवाखालमा छापा हानेको थियो । पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ भदौ २०८२, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
दाङमा जुवातास खेलिरहेका सात जना पक्राउ
चितवनमा जुवातास खेलिरहेका २१ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ