काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधान संशोधनको लागि आफूहरुले दबाबमूलक आन्दोलन गर्ने कुरा बताउनुभएको छ । आज उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित सिटीहलमा सञ्चालन भएको प्रदेश नम्बर १ स्तरीय समाजवादी पार्टीको दुईदिने कार्यकर्ता प्रशिक्षण सम्पन्न भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले अब समाजवादी पार्टीले वर्तमान संविधान संशोधनको लागि शान्तिपूर्ण आन्दोलनको अभियान शुरु गर्ने बताउनुभएको हो ।
विगतमा हाल सरकारमा रहेको नेकपा र प्रतिपक्षमा रहेको नेपाली काँग्रेसले मधेशी, आदिवासी जनजाति तथा महिलाको अधिकारको लागि पूर्ण समावेशी तथा समानुपातिक अधिकारको व्यवस्थापन गर्न संविधान संशोधन गर्ने प्रतिबद्धता गरेपनि अहिलेसम्म सो कुरा पूरा हुन नसकेको कारण आफ्नो पार्टी शान्तिपूर्ण सङ्घर्षमा जानु परेको स्पष्ट गर्नुभयो ।
आइतबार शुरु भएको प्रदेश स्तरीय पार्टी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अर्का अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान निर्वाचन प्रणाली ठीक नभएको कारण देशमा व्यापक भ्रष्टाचार बढेको धारणा राख्नुभएको थियो । उहाँले अबको दुई वर्षभित्र समाजवादी पार्टीलाई देशको ठूला राजनीतिक दलको क्षमता र सङ्ख्याको हैसियतमा पु¥याउने प्रतिबद्धताका साथ अहिले पार्टी प्रशिक्षण तथा विस्तार अभियान शुरु गरिएको बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा अर्का वरिष्ठ नेता अशोक राईले देशमा भ्रष्टाचार व्यापक बढ्दै गएको कारण यसको सुधार गर्नको लागि अब निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने र खर्चिलो प्रत्यक्ष निर्वाचन प्रणाली हटाउनुपर्ने धारणा राख्नुभयो ।
दुईदिने प्रशिक्षण कार्यक्रममा प्रदेश नं १ को १४ जिल्लाको झण्डै २५० कार्यकर्ताको सहभागिता रहेको सो पार्टीले जनाएको छ । प्रशिक्षणमा सहभागीलाई अध्यक्ष डा बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, उपाध्यक्षहरु युवराज कार्की, रकम चेमजोङ, हेमराज राईले प्रशिक्षण दिनुभएको थियो भने कार्यक्रम समापनको प्रशिक्षण अर्का अध्यक्ष उपेन्द्र यादवले दिनुभएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २० माघ २०७६, २१ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव
होली पर्वले पहाड र मधेसलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्छ : अध्यक्ष यादव
नेपाल–भारत सम्बन्धको स्थान अरू कसैले लिन सक्दैन : उपेन्द्र यादव
उपेन्द्र यादवको चेतावनी : भूमि अध्यादेश फिर्ता नभए जनआन्दोलनको बाटो पक्रन्छौँ
सत्ताको लागि उपेन्द्र यादवले मुद्दा छाड्नुहुन्छ जस्तो लाग्दैन : प्रचण्ड
हाम्रो सोच सकारात्मक छ, सरकारले कार्यसूचीमा ल्याएपछि निर्णय गर्छौं : उपेन्द्र यादव