काठमाडौँ । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले संविधान कार्यान्वयनको अवस्थाप्रति असन्तुष्टि जनाएका छन् ।
२०७२ साल असोज ३ गते संविधान घोषणा हुँदा कतिपयले दीपावली गरेको र कतिपयले कालो दिवस भनेको स्मरण गर्दै उनले संविधान लागू हुने गरी आवश्यक ऐन बन्न नसकेको भनेर असन्तुष्टि जनाएका हुन् ।
अध्यक्ष यादवका अनुसार मौलिक हक नै पनि कार्यान्वयन हुन सकिरहेको छैन । संविधान कार्यान्वयनका लागि २७ भन्दा बढी संघीय ऐन नै बन्न बाँकी रहेको छ ।
उनी भन्छन्, ‘एक दशक बित्दा पनि संविधान कार्यान्वयनका लागि मौलिक हकलाई कार्यान्वयनका लागि, संघीयता कार्यान्वयनका लागि, समावेशिता कार्यान्वयनका लागि धेरै कानुन बन्नु पर्थ्यो त्यो बन्न सकेको छैन ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ भदौ २०८२, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तरी-३ मा उपेन्द्र यादवलाई दोब्बर मतले पराजित गर्दै रास्वपाका चौधरी विजयी
‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’ : उपेन्द्र यादव
अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव