अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव

सफल खबर संवाददाता

मंगलबार, २८ असोज २०८२, ११ : ५४
अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको अवस्थामै फागुन २१ गते निर्वाचन हुनेमा शङ्का व्यक्त गरेका छन् ।

जसपा नेपालको मधेस प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अहिलेको अन्तरिम सरकारले निर्वाचन गराउन सक्ने विश्वास दिलाउन नसकेको बताए ।

उनले निर्वाचन गराउनका लागि ६ महिनाको समयावधि दिएर बनाइएको सरकारको एक महिना बिना कुनै काम बितिसकेको बताए । राजनीतिक दल बिनाको निर्वाचन सम्भव नरहेको जिकिर गरे । 

तत्कालीन राजा ज्ञानेन्द्रले पनि निर्वाचन गराए जस्तै अहिलेको सरकार बिना राजनीतिक दलसँग छलफल गरी निर्वाचन गराए परिणाममुखी नहुने उनको भनाई थियो । यो सरकारको दायित्व तत्काल राजनीतिक दलहरूसँग छलफल र बहस गर्नु जरुरी रहेको बताए । उनले संविधान पुनःलेखनको जरुरी रहेको बताउँदै सबैले स्वीकार गर्नसक्ने संविधान आवश्यक रहेको बताए । मध्यावधि निर्वाचन पूर्व नै संविधान संशोधन आवश्यक रहेको बताए । 

 

प्रतिक्रिया दिनुहोस