गलकोट । बागलुङमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१ रामरेखामा घरको छतबाट खसेर एक वालिकाको मृत्यु भएको छ ।
बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी घर भई रामरेखा आफन्त सीता विकको घरमा आएकी विमला विककी छोरी १५ महिनाकी दीपसिना विकको आइतबार दिउँसो घरको छतमाथि खेलिरहेका बेला अचानक भुईँमा खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
छतबाट खसेर घाइते बालिकाको धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइए पनि अस्पतालले गए राति मृत घोषाण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २० माघ २०७६, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु