काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिका–१ रानीवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–१ स्थित सडकमा शुक्रबार साँझ बा१ख ६६४५ नंको बसले बा ८५ प १४९३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धादिङकी ४८ वर्षीय लीला घलेको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटर चालककी २६ वर्षीय छोरी प्रमिला घले गम्भीर घाइते भएकी छन् । गम्भीर घाइते घलेको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १८ माघ २०७६, २१ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु
बसको ठक्करबाट बालिकाको मृत्यु
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु