काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिका–१ रानीवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–१ स्थित सडकमा शुक्रबार साँझ बा१ख ६६४५ नंको बसले बा ८५ प १४९३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धादिङकी ४८ वर्षीय लीला घलेको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटर चालककी २६ वर्षीय छोरी प्रमिला घले गम्भीर घाइते भएकी छन् । गम्भीर घाइते घलेको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १८ माघ २०७६, २१ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु