चितवन । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले नेकपाको केन्द्रीय कमिटी बैठकको निर्णयले देशलाई मार्ग दर्शन गर्ने बताउनु भएको छ ।
पूर्वी चितवनको खैरहनीमा शनिवार पुन समाजको नवनिर्मित भवनको उद्घाटन गर्नु हुदै उहाले वैठकले गरेका निर्णयहरुको प्रभाव आउदो बजेटमा पर्ने भएकाले देशको मुहार फेर्नलाई सहयोग गर्ने बताउनु भयो । ‘यो वैठकले गरेका निर्णयको प्रभाव आउदो बजेटमा पर्दछ’ उहाले भन्नु भयो ‘विकासको मोडल कस्तो बनाउने, कस्ता योजनाहरु ल्याउने भन्ने विषयमा छलफल भएकाले छ त्यही निर्णय नै आउदो कार्यक्रममा लागु हुनेछ ।’
नेपाल कम्युनिष्ट पार्टीको बलियो सरकारले समाजवादको मार्ग दर्शन के हो कसरी हामी समाजवाद तर्फ जान सक्छौ भन्ने विषयमा पनि वैठकमा छलफल भएको छ उहाले भन्नु भयो । समाजबाद तर्फ जानको लागि पहिलो चरणमा तत्काल हामी रोजगार, उपचार, शिक्षा आवासको ग्यारेन्टी गर्ने तर्फ जानु पर्दछ नेता पाण्डेले भन्नु भयो त्यही विषयलाई लिएर बैठकमा छलफल भएको छ ।
यो वैठकले देशलाई नयाँ बाटो तर्फ लैजान महत्वपूर्ण काम गर्दछ पूर्व अर्थमन्त्री समेत रहनु भएका पाण्डेले भन्नु भयो ‘हामीले उत्पादनमुलक उद्योगलाई जोड दिएका छौ । ’ सरकारले पहिलो चरणमा बाटो पुल निर्माणमा ध्यान दिएको छ अव हाम्रो लक्ष्य त्यसमा मात्र होइन उत्पादन, जनताको जीवनलाई कसरी उकास्ने भन्ने योजनामा जानु पर्दछ । भौतिक संरचना निर्माण गरेर मात्र हुदैन जनताको जीवन यापन सुख बनाउनको लागि आम्दानी गर्न सक्ने उपायको खोजी गर्नु पर्दछ ।
सधैभरी रोजगारीको लागि विदेश जाने अवस्थाको अन्त्य गर्नलाई नै उद्योग कलकारखाना यही निर्माण गरेर उत्पादन वृद्धि गर्दै रोजागरीको सिर्जना गर्नु पर्ने बताउनु भयो । नेकपा सरकारले अव आर्थिक समृद्धिको यात्रामा काम गरी राखेको जानकारी दिनु भयो ।
नेता पाण्डेले स्थानीय तहदेखि संघ सरकारका मन्त्रीसम्मले जनभावना अनुसार काम गर्नु पर्ने बताउनु भयो । जनताले चाहेको विषय भन्दा फरक ढंगबाट काम गर्न थालिएमा त्यो आलोचित हुन पुग्दछ त्यसैले जनताको भावनालाई नै ध्यान दिएर काम गर्नु पर्नेमा जोड दिनु भयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ माघ २०७६, १८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुरेन्द्र पाण्डेले महासचिव पदमा गराए उम्मेदवारी दर्ता
कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने परिपाटी स्थापित गर्नुपर्नेमा सुरेन्द्र पाण्डेको जोड
एमालेमा हाम्रो नेतृत्व आएपछि कम्युनिष्ट एकता अघि बढाउँछौँ: सुरेन्द्र पाण्डे
विद्या भण्डारीको सदस्यता रोक्न मिल्दैन, विधान महाधिवेशनमा फरक मत राख्छौँ: सुरेन्द्र पाण्डे