काठमाण्डौँ । शनिबार पश्चिमी न्यून चापीय प्रणालीका कारण पहाडी भेगका केही ठाउँमा हल्का वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको छ ।
अन्य, ठाउँमा भने सामान्य बदली देखि हल्का वर्षा हुने मौसमविदले जनाएका छन् । मध्य तथा पश्चिमी पहाडी भेगमा केही दिनदेखि आंशिक बदली भइरहेको छ ।अझै दुई दिनसम्म देशका केही भागमा सामान्य बदली हुने मौसमविदको भनाई छ ।
तराईमा हुस्सु र कुहिरोका कारण घाम नलाग्ने तथा उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षा र हिमपात हुने भएकाले चिसोबाट बच्न महाशाखाले आग्रह गरेको छ । नेपाल समाचारपत्र बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १८ माघ २०७६, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशका केही स्थानमा भोलि वर्षाको सम्भावना
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा
वर्षा र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध
यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
वर्षाले नौ राजमार्ग अवरुद्ध
भारतमा भीषण वर्षा, दिल्लीसहित धेरै ठाउँ जलमग्न