काठमाडौं । बागलुङमा श्रीमतीको कुटाईले श्रीमानको ज्यान गएको छ । जिल्लाको तमानखोला गाउँपालिका १ बिसोक निबासी ६४ वर्षिय रविलाल वि.क. र उनकी श्रीमतीबिच हात हालहाल हुँदा रविलालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गए राती रविलाल र उनकी ६० वर्षिया श्रीमती जमुना वि.क.बिच घरायसी कुरामा विवाद हुँदा स्थिति हात हालाहालसम्म पुगेको थियो । हात हालाहाल हुने क्रममा श्रीमान रविलाल वि.क. भित्ताको ढुंगामा ठोक्किन पुगेका थिए ।
श्रीमतीको धक्का खाएर ढुंगामा ठोक्किएका रविलालको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनका श्रीमती जमुनालाई नियन्त्रणम लिएर थप अनुसन्धान भई रहेको प्रहरीले उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १७ माघ २०७६, २१ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु