काठमाडौं । बागलुङमा श्रीमतीको कुटाईले श्रीमानको ज्यान गएको छ । जिल्लाको तमानखोला गाउँपालिका १ बिसोक निबासी ६४ वर्षिय रविलाल वि.क. र उनकी श्रीमतीबिच हात हालहाल हुँदा रविलालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गए राती रविलाल र उनकी ६० वर्षिया श्रीमती जमुना वि.क.बिच घरायसी कुरामा विवाद हुँदा स्थिति हात हालाहालसम्म पुगेको थियो । हात हालाहाल हुने क्रममा श्रीमान रविलाल वि.क. भित्ताको ढुंगामा ठोक्किन पुगेका थिए ।
श्रीमतीको धक्का खाएर ढुंगामा ठोक्किएका रविलालको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनका श्रीमती जमुनालाई नियन्त्रणम लिएर थप अनुसन्धान भई रहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १७ माघ २०७६, २१ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु