दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । लमहीमा स्कुल बसको ठक्करबाट १८ महिने बालिकाको मृत्यु भएको छ ।
गोरखा मोडेल कलेजको रा१ख १०२८ नंको स्कुल बसले ठक्कर दिँदा लमही नगरपालिका–६ देउपुर निवासी छोटु मुसलमानकी १८ महिने छोरी सफिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार आज अपराह्न करीब ४ः०० बजेतिर विद्यार्थी छाड्न पुगेको स्कुल भ्यानले सडकमा खेल्दै गरेकी खातुनलाई ठक्कर दिएको थियो । चालक र भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १७ माघ २०७६, १९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु
बसको ठक्करबाट बालिकाको मृत्यु
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु