काठमाडौँ । साथीको हत्या गरी फरार रहेका बंगलादेशी नागरिक दुला मियालाई अन्ततः प्रहरीले पक्राउ गर्न सफल भएको छ । गएराती ९ बजे हत्या आरोपी दुला मियालाई सिराहाको लाहानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।
उनीहरु बंगलादेशबाट एउटै प्लेनको सँगैको सिटमा बसेर आएका थिए । काठमाडौस्थित एक होटलमा पनि सँगै बसेका थिए । तर आफ्नै साथीको बोतल प्रहारबाट उक्त घटना भएको थियो । घटना काठमाडौँको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको कोठा नम्बर ११४ मा भएको हो । उनलाई अहिले काठमाडौँ ल्याईदै छ । आजै सार्वजनिक गर्ने तयारी प्रहरीको छ ।
महानगरीय प्रहरी वृत्त कालीमाटीका अनुसार सँगै आएका दुला मियाले मोहिद्दिन अहमदको हत्या गरेका हुन् । मिया ट्राभल एजेन्सीमा काम गर्ने व्यक्ति हुन् भने अहमद सञ्चालक हुन् । माघ ६ गते उनीहरु आउका थिए । सात गते घटना भएको थियो भने । आठ गते प्रहरीमा खबर पुग्दा उनी फरार थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ माघ २०७६, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण