काठमाडौँ । साथीको हत्या गरी फरार रहेका बंगलादेशी नागरिक दुला मियालाई अन्ततः प्रहरीले पक्राउ गर्न सफल भएको छ । गएराती ९ बजे हत्या आरोपी दुला मियालाई सिराहाको लाहानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।
उनीहरु बंगलादेशबाट एउटै प्लेनको सँगैको सिटमा बसेर आएका थिए । काठमाडौस्थित एक होटलमा पनि सँगै बसेका थिए । तर आफ्नै साथीको बोतल प्रहारबाट उक्त घटना भएको थियो । घटना काठमाडौँको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको कोठा नम्बर ११४ मा भएको हो । उनलाई अहिले काठमाडौँ ल्याईदै छ । आजै सार्वजनिक गर्ने तयारी प्रहरीको छ ।
महानगरीय प्रहरी वृत्त कालीमाटीका अनुसार सँगै आएका दुला मियाले मोहिद्दिन अहमदको हत्या गरेका हुन् । मिया ट्राभल एजेन्सीमा काम गर्ने व्यक्ति हुन् भने अहमद सञ्चालक हुन् । माघ ६ गते उनीहरु आउका थिए । सात गते घटना भएको थियो भने । आठ गते प्रहरीमा खबर पुग्दा उनी फरार थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ माघ २०७६, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या