काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा छलफल भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलका क्रममा राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच भएको साझा सहमतिका बारेमा छलफल भएको (नेकपा) नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।
सो अवसरमा सभापति देउवाले संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तिसम्म सबै सहमतिका आधारमा हुनुपर्ने तथा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति कार्यान्वयनमा जोड दिनुभएको थियो । सभापति देउवाले प्रतिनिधिसभाको उपसभामुख काँग्रेसले पाउनुपर्ने कुरा राख्नुभएको उपनेता नेम्वाङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ११ माघ २०७६, २१ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप