काठमाडौं । नेपाल एयरलाइन्सका पाइलटले धमाधम राजीनामा दिन थालेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ । एयरबस ३३० जहाजका नेपाली क्याप्टेन श्रवण रिजाल, समाज श्रेष्ठ र महेश डंगोल छन् ।
त्यस्तै, सोही जहाजका ११ को–पाइलटमध्ये १० जनाले राजीनामा दिएका छन् । एयरबस ३२० का १६ क्याप्टेनमध्ये १२ जनाले राजीनामा दिएका छन् । सोही जहाजका नौजना को–पाइलटमध्ये तीनजनाले राजीनामा दिएका छन् ।
राजीनामा दिने पाइलटमा अरबिन पहाडी, श्रवण रिजाल, सुवास रिजाल, प्रदीपराज भण्डारी, प्रचण्ड खड्का, आरदेवी राणा, सोनी राणा, प्रशान्त राई, अमूल्या शाक्य, महेश्वरमान डंगोल, एनबी विश्वकर्मा, एलबी थकाली, आरके शेरचन, सञ्जय पौडेल, मुकेशकुमार गुप्ता, सुनील श्रेष्ठ, समजकुमार श्रेष्ठ, रमण घिमिरे, श्यामकृष्ण देवाचू, भोविन कठायत र नगेन्द्र भट्टराईले सामूहिक राजीनामा बुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १० माघ २०७६, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल एयरलाइन्सद्वारा दमाम र दोहा उडान स्थगित
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै
६७ वर्षे यात्रामा छटपटाइरहेको नेपाल एयरलाइन्स
हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने