काठमाडौं । पार्टी भित्र देखिएको विवाद समाधानका लागि नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । बुधबार पार्टीसभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत असन्तुष्ट पक्षका नेताहरुबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्ने विषयमा छलफल भएको हो ।
सभापति देउवाको निवास बुढानिलकण्ठमा भएको छलफलमा विवाद समाधानका लागि अहिलेसम्म भएका गृहकार्यहरुको बारेमा छलफल भएको वरिष्ठ नेता पौडेलले बताउनुभयो । शुक्रबार बिहानै पुनः बैठक बसेर विवाद टुंग्याउने प्रयास हुने उहाँको भनाई छ ।
पौडेलसँगै पार्टीका महामन्त्री प्रकाशमान सिंह र नेता कृष्ण प्रसाद सिटौला छलफलका लागि बुढानिलकण्ठ पुग्नुभएको थियो । छलफलमा उपसभापति विमलेन्द्र निधि पनि सहभागि हुनुहुन्थ्यो । यसअघि पुस २७ गते बूढानीलकण्ठमै सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो ।
पौडेल पक्षले महाधिवेशन कार्र्यतालिका सच्याउनुपर्ने, तत्काल विभागको संख्या बढाउन नहुने र भातृ संगठनहरुको विवाद चाँडो टुंगो लगाउनुपर्ने लगायतका माग राख्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार