धादिङ । धादिङमा यात्रु बोकेको मिनिट्रक दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार धादिङको ज्वालामुखी गाउँपालिका-४ मा रहेको ढोला मण्डलीमाईको दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको ग१ख १२८० नम्बरको मिनी ट्रक दुर्घटना भएको हो ।
घाइतेहरूको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको उनले बताए । केही गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाउन लागिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ माघ २०७६, १८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु