काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने बताउनुभएको छ । राष्ट्रियसभा निर्वाचन प्रचारप्रसारको क्रममा म्याग्दीको सदरमुकाम बेनी आउनुभएका नेकपा सचिवालय सदस्य रहुनुभएका श्रेष्ठले बेनीमा कार्यकर्तालाई सम्बोधन गर्दै एमसिसी राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्नेछ भन्नुभयो ।
सरकार स्वतन्त्र परराष्ट्र नीतिको पक्षमा रहेको बताउँदै नेता श्रेष्ठले एमसिसीको बारेमा अनावश्यक टिकाटिप्पणी गर्न आवश्यक नरहेको बताउनुभयो । यसअघि आज बिहान प्रेस सङ्गठन म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा भने प्रवक्ता श्रेष्ठले एमसिसीबारे पार्टीले छिट्टै आवश्यक निर्णय लिने बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०४ माघ २०७६, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ