काठमाडौं । दुबइमा भएको सडक दुर्घटनामा पनि तीन नेपाली महिलाको मृत्यु भएको र १४ जना घाइते भएको त्यहाँस्थित नेपाली राजदुतावासले जनाएको छ ।
मोर्डन विल्डिंग मेन्टेनेन्स कम्पनीअन्तर्गत कार्यरत २४ जना कामदार चढेको मिनीबस संयुक्त अरब ईमिरेटस्को अबुधाबीस्थित अल राहा रोडमा विहिबार दुर्घटना भएको थियो ।
उक्त मिनीवसमा चालकसहित सवार २५ जनामध्ये १७ जना नेपाली महिला कामदार रहेको र त्यसमध्ये ३ जनाको घटनास्थल मै मृत्यु भएको दुतावासले पुष्टी गरेको छ ।
मृत्यु हुनेहरूमा झापा घर भएकी कृष्णकुमारी अधिकारी (राहदानी न ५७२३९४), प्यूठानकी भावना कुँवर (राहदानी नं ७२०११९) र बारा घर भएकी अमिसा मोक्तान तामाङ्ग (राहदानी नं ९६७८४७५) रहेको दुबईस्थित नेपाली राजदुतावासले जानकारी दिएको छ ।
उक्त दुर्घटनामा परी घाइते भएका १४ जना नेपाली महिला कामदारहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
घटनालगत्तै राजदूत कृष्णप्रसाद ढकाललगायत राजदूतावासका अन्य अधिकारीले उक्त तीनवटा अस्पतालमा उपचार गराइरहेका घाइतेहरूलाई भेट गरी अस्पताल प्रशासन एवं उपचारमा संलग्न डाक्टरहरूसँग उनीहरूको अवस्थाको बारेमा जानकारी लिएका थिए ।
आवश्यक प्रक्रिया पुरा गरी मृतकको शव नेपाल लैजानेलगायत अन्य समन्वय एवं सहजीकरणका लागि स्थानीय प्रशासन, कम्पनी र अस्पतालसँग समन्वय भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ माघ २०७६, २० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
सिमलताल दुर्घटनाको एक वर्ष : ३९ यात्रुको अवस्था अझै अज्ञात
बैतडीमा जिप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते
चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते