काठमाडौँ । नेपाल सरकारले चीन सरकारलाई उपहार दिएर पठाएको दुई जोडी गैँडा मध्यको एउटा सोल्टी नाम गरेको गैंडा मरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागकाअनुसार केही दिन अघि सोल्टी मरेको हो । उसको जोडी मितिनी भने अब एक्लै भएकी छे ।
सोल्टी र मितिनीलाई चीनको सांघाइ पार्कमा राखिएको थियो । विभागका महानिर्देशक गोपाल प्रकाश भट्टराइृका अनुसार पेटमा आएको समस्याका कारण सोल्टी मरेको हो । स्वास्थ्य परिक्षण गराएरै स्वस्थ रहेको प्रमाणित गरेर सोल्टी पठाइएको थियो ।
२०७४ साल चैत २८ गते चीनलाई उपहार स्वरुप पठाईएको ‘रुपसी र भद्र’ नामको अर्काे जोडी गैंडा हाल चिमे लङ सफारी पार्कमा छन् । सरकराले गत वर्ष चितवनमा रहेका चार गैंडा चीनलाई उपहार दिएको थियो । सोल्टी र मितिनीलाई २०७५ सालन ३१ गते चीन पठाइएको थियो ।
यसअघि मित्रराष्ट्र भारतलाई सन् १९८४मा ४ तथा १९८७ र १९९० मा दुईचोटी गरेर अमेरिकालाई ६ वटा गैंडा उपहार दिएको थियो ।सन् १९९० देखि २००६ सम्म जर्मनी, बंगलादेश, वेलायत, जापान, अष्ट्रियामा २, २ वटाका दरले १० गैंडा उपहार दिईएको थियो । थाईल्याण्ड, वर्मा र पाकिस्तानलाई पनि २,२ वटाका दरले ६ गैंडा पठाइएको चितवन निकुञ्जको तथ्यंकमा उल्लेख छ। सरकारले अहिलेसम्म विभिन्न १० देशलाई २६ गैंडा उपहार दिईसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ माघ २०७६, १९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैँडाको खागसहित चारजना पक्राउ
साउनयता नौ गैँडाको मृत्यु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो