काठमाडौँ । नेपाल सरकारले चीन सरकारलाई उपहार दिएर पठाएको दुई जोडी गैँडा मध्यको एउटा सोल्टी नाम गरेको गैंडा मरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागकाअनुसार केही दिन अघि सोल्टी मरेको हो । उसको जोडी मितिनी भने अब एक्लै भएकी छे ।
सोल्टी र मितिनीलाई चीनको सांघाइ पार्कमा राखिएको थियो । विभागका महानिर्देशक गोपाल प्रकाश भट्टराइृका अनुसार पेटमा आएको समस्याका कारण सोल्टी मरेको हो । स्वास्थ्य परिक्षण गराएरै स्वस्थ रहेको प्रमाणित गरेर सोल्टी पठाइएको थियो ।
२०७४ साल चैत २८ गते चीनलाई उपहार स्वरुप पठाईएको ‘रुपसी र भद्र’ नामको अर्काे जोडी गैंडा हाल चिमे लङ सफारी पार्कमा छन् । सरकराले गत वर्ष चितवनमा रहेका चार गैंडा चीनलाई उपहार दिएको थियो । सोल्टी र मितिनीलाई २०७५ सालन ३१ गते चीन पठाइएको थियो ।
यसअघि मित्रराष्ट्र भारतलाई सन् १९८४मा ४ तथा १९८७ र १९९० मा दुईचोटी गरेर अमेरिकालाई ६ वटा गैंडा उपहार दिएको थियो ।सन् १९९० देखि २००६ सम्म जर्मनी, बंगलादेश, वेलायत, जापान, अष्ट्रियामा २, २ वटाका दरले १० गैंडा उपहार दिईएको थियो । थाईल्याण्ड, वर्मा र पाकिस्तानलाई पनि २,२ वटाका दरले ६ गैंडा पठाइएको चितवन निकुञ्जको तथ्यंकमा उल्लेख छ। सरकारले अहिलेसम्म विभिन्न १० देशलाई २६ गैंडा उपहार दिईसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ माघ २०७६, १९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो
आठ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २० गैँडा मरे
गैँडाको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो
चितवनमा गैँडाको आक्रमण बढ्दो : दुई महिनामा ६ जनाले गुमाए ज्यान