चितवन । भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य संघ चितवन र उद्योग संघका नवगठित कार्यसमितिलाई स्वागत गरेको छ । महानगर प्रमुख रेनु दाहालले आज महानगरमा एक कार्यक्रमकाविच संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई स्वागत गरेकी हुन ।
उद्योग वाणिज्यसंघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ विजयी भएका छन । केहि दिन अघि भएको अधिवेसनबाट श्रेष्ठ निर्वाचित भएका हुन । यस्तै चितवन उद्योग संघमा राजु पौडेल सर्वसहमतिमै अध्यक्ष बनेका हुन ।
स्वागत कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले महानगर नीजि क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताईन । उनले महानगरको समृद्धिका लागी स्थानिय सरकार र नीजि क्षेत्र आपसमा हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन । कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले आफु सम्पुर्ण व्यवसायीको हकहितमा लाग्ने बताउदै सँगै महानगरको समृद्धिमा साथ सहयोग गर्ने प्रतिवद्धता जनाए ।
यस्तै उद्योग संघका अध्यक्ष पौडेलले महानगरको विकास, समृद्धिका लागी उद्योगी सधैँ महानगरसँगै रहेको बताउदै आगामि दिनमा थप रचनात्मक भुमिकामा रहने प्रतिवद्धता पनि जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ माघ २०७६, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना
भरतपुरको विकासमा यी कार्यक्रमले पाए निरन्तरता, यस्ता कार्यक्रम आउँदैछन् नयाँ
समृद्ध सहरको संकल्प : भरतपुरले ल्यायो ‘पूर्वाधारमै आधारित’ रूपान्तरणको ठूलो योजना
गर्मी बढेपछि भरतपुर महानगरपालिकाले दियो ३ दिन विद्यालयलाई सार्वजनिक बिदा
डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम