चितवन । भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य संघ चितवन र उद्योग संघका नवगठित कार्यसमितिलाई स्वागत गरेको छ । महानगर प्रमुख रेनु दाहालले आज महानगरमा एक कार्यक्रमकाविच संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई स्वागत गरेकी हुन ।
उद्योग वाणिज्यसंघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ विजयी भएका छन । केहि दिन अघि भएको अधिवेसनबाट श्रेष्ठ निर्वाचित भएका हुन । यस्तै चितवन उद्योग संघमा राजु पौडेल सर्वसहमतिमै अध्यक्ष बनेका हुन ।
स्वागत कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले महानगर नीजि क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताईन । उनले महानगरको समृद्धिका लागी स्थानिय सरकार र नीजि क्षेत्र आपसमा हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन । कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले आफु सम्पुर्ण व्यवसायीको हकहितमा लाग्ने बताउदै सँगै महानगरको समृद्धिमा साथ सहयोग गर्ने प्रतिवद्धता जनाए ।
यस्तै उद्योग संघका अध्यक्ष पौडेलले महानगरको विकास, समृद्धिका लागी उद्योगी सधैँ महानगरसँगै रहेको बताउदै आगामि दिनमा थप रचनात्मक भुमिकामा रहने प्रतिवद्धता पनि जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ माघ २०७६, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना