हेटौँडा । ट्रकको ठक्करबाट चितवनका युवकको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६५६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री ३५ वर्षीय अम्मर पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
चितवन घर भएका मृतक मगर बसामाडीमा चाउमिन कारखानामा काम गर्ने मजदुर थिए । ट्रकको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । ट्रकसहित चालकलाई हेटौँडा प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ माघ २०७६, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु