काठमाडौँ । प्रतिबन्धित विप्लव समूहले बालुवाटार जग्गा प्रकरणका मुछिएका प्रमुख पात्रमध्येका एक शोभाकान्त ढकालको घरमा बम विस्फोट गराएको छ । सानो भर्याङस्थित ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको हो ।
विस्फोटबाट ढकालको घरको पार्किङमा राखिएको गाडिमा क्षति पुगेको बताइएको छ । शोभाकान्तको घरमा विस्फोटको कारण प्रष्ट्याउँदै विप्लव समूहले एक पर्चा पनि सार्वजनिक गरेको छ । विप्लव समूहले बम विस्फोट गराउनुपर्नुको ५ कारण दिएको छ । पहिलो कारणमा ललिता निवासको ११५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने प्रपञ्चको मुख्य योजना कारण भएको उल्लेख छ ।
यस्तै जमिनको अनियमितताबारे पूर्वसचिव शारदा प्रसाद त्रितालको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदनमा भूमाफिया किटान गरेको दोस्रो कारण दिएको छ यस्तै तेस्रो कारणमा भूमिहीनहरुको जग्गा आफ्नो नाममा हडप्ने प्रपञ्च गरेको उल्लेख गरिएको छ ।
यस्तै चौथो र पाचौ कारणमा क्रमशः विगतमा एमाले तथा हाल नेकपाको आडमा माफियागिरी तथा लुटखसोट गरेको र उनी माफिया पसष्टि हुँदा पनि केपी ओली सरकारले कारबाही नगरेकाले पार्टीले कारबाही गर्नुपरेको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ माघ २०७६, २१ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लवको चेतावनी- विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेल्छौँ
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?