चितवन । खैरहनी नगरपालिका–१ ज्यामीरेमा मिनी बस दुर्घटना भएको छ । दुर्घटनामा १० यात्रु घाइते भएका छन् ।
भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बा ४ ख १३७० नम्बरको बसले साइकलयात्रीलाई जोगाउन खोज्दा आँफै अनियन्त्रित भई सडकबाट २० मिटर तल नालीमा पल्टिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार साइकल चालकसहित दुर्घटनामा परी १० जना घाइते भएका छन् । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
साइकलमा सवार दुई जना र बसमा सवार आठ जना घाइते भएका हुन् । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुई जना घाइेत अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ माघ २०७६, २१ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु