काठमाडौँ । संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका १ स्थित किमाथाङकामा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । हेलिकप्टरबाट टोली लगेर ससस्त्र प्रहरीले विओपी स्थापना गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्रबहादुर थापा तथा सखुंवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद दुलालले आज उक्त बिओपीको संयुक्त रुपमा उद्घाटन गरे ।
यो पोष्ट सीमानाका भन्दा एक किलोमिटर वर दुईवटा घर भाडामा लिई स्थापना गरिएको हो । उक्त बिओपीले आजैबाट दैनिक कार्य सुचारु गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट किमाथाङका सदरमुकाम खाँदबारीबाट ११० किलोमिटर उत्तरतर्फ सीमा क्षेत्रमा स्थापना भएको हो ।
उक्त बिओपी सीमा ईलाकामा हुने चोरिनिकासी पैठारी नियन्त्रण, सीमा अपराध नियन्त्रण तथा सीमा स्तम्भको सुरक्षा लगायतका विभिन्न कामकारवाहीहरुमा परिचालित रहने छ । सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा आवश्यक बन्दोवस्तीका सामानसहित हेलीकप्टरद्वारा उक्त टोली त्यस ठाउँमा गएको हो ।
भारतीय रुपैयाँसहित पक्राउ
यता महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ७ स्थित हलखोरीबाट एपीएफ टोलीले सात लाख ९७ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको सिस्वा नगरपालिका ४ जाउखा बस्ने ३६ वर्षिय संजयकुमार महतो छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल जिल्ला कमाण्ड पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले उक्त भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।
ज ३ प ९६१८ नम्बरको मोटरसाईकलमा सवार निज महतोलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथबाट दुई हजार दरको ९४ वटा, पाँच सय दरको एक हजार दुई सय वटा र दुई सय दरको ४५ वटा भारतीय रुपैयाँ फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनको साथबाट दुई थान मोवाईल सेट तथा उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।
एपीएफ टोलीले उनलाई बरामद रकम, मोवाईल तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको ससस्त्रका प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरीमा बाहिरी भेटघाटमा कडाइ, भेट गर्नुपरे पूर्वस्वीकृति अनिवार्य
सीमा क्षेत्रमा सुरक्षा कडा, आपराधिक गतिविधि देख्नेबितिकै खबर गर्न सशस्त्र प्रहरीको अनुरोध
सशस्त्र प्रहरीमा ८४६ जनाको लागि खुल्यो जागिर
सशस्त्र प्रहरी: जीवन बचाउने मिसनदेखि सीमा सुरक्षासम्म
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ प्रहरी घाइते
अनुसन्धानका लागि अर्का इन्स्पेक्टर पक्राउ