काठमाडौँ । गत वर्षको माघमा एउटा घटना सनसनी भएको थियो । गाडी भित्र सिटमा बसेर एक युवकले महिलाको कपालमा पर्ने गरी हस्त मैथुन गरेर वीर्य स्खलन गरेका थिए । त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
तर कसले यस्तो गर्यो भनेर प्रहरीले पहिचान गरेको थिएन । एक वर्ष पछि नै भएपनि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले चितवन प्रहरीको सहयोगमा उनलाई चितवनको भरतपुरबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तनहुँको तत्कालिन अरुणोदय गाविस घर भइ हाल चितवनको भरतपुरस्थित विकासचोक बस्ने २१ वर्षीय रविन सार्की भन्ने रविन रुचाल छन् ।
विसं २०७५ माघ ११ गते बसभित्र हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । उनले गाडीको सिटमा बसेर एक युवतीको कपामा पर्ने गरी वीर्य स्खलन गरेका सार्वजनिक भिडियोमा देखिन्थ्यो ।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । गतवर्षको साउनमा खिचेको भिडियो सात महिनापछि माघमा अपलोड गरेको खुल्न आएको महाशाखाले जनाएको छ ।
चितवन प्रहरीसँगको समन्वयमा महाशाखाको टोलीले आइतबार अपराह्न चितवनको भरतपुरबाट उनलाई पक्राउ गरेको थियो । थप कारवाहीका लागि उनलाई काठमाडौँ ल्याइएको छ ।
महाशाखा प्रमुख सहकुलबहादुर थापाले ठूलो प्रयासमा उनलाई पक्राउ गर्न सफल भएको बताए । आईपी एड्रेस लिन गुगल र फेसबुकसम्म पुग्नुपरेको थियो ।
उनी तीन वर्षदेखि काठमडौँ आएका थिए । साथीभाईको लहैलहैमा लागेर उनले भिडियो यूट्यूवमा हाल्दा पैसा आउने थाहा पाएपछि यसरी भिडियो बनाउन उद्दत भएको प्रहरी श्रोतको भनाई छ । खिचिएको भिडियो सात महिनापछि चितवनको घरमा पुगेर अपलोग गरेकोसमेत खुल्न आएको छ ।
घटनाको केही समय लगत्तै गाडी लगौज बढी आएको र प्रहरीले पक्राउ गर्ने डरले भागेर भारत पुगेका थिए । उनी भारत पुग्दा समेत प्रहरीले उनको पहिचान गर्न सकेको थिएन ।
उनी घटना सेलाएको सोचमा तीन महिना अघि भारतबाट नेपाल आएको महाशाखाले जनाएको छ ।
अनुसन्धानका क्रममा पहिचान भएको दोस्रो दिनमा नै उनलाई पक्राउ गरिएका जनाइएको छ । उनी विरुद्ध साईवर अपराधमा मुद्दाका लागि आज काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०७६, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ