सुर्खेत । नेपाल तरुण दलका जिल्ला अध्यक्ष एवं कलाकार हरि विष्टले जन्मदिनका अवसरमा धुर्मुस–सुन्तली फाउण्डेसनलाई रु ५१ हजार १११ सहयोग गर्नुभएको छ । उहाँले फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ उक्त रकम प्रदान गर्नुभएको हो ।
उहाँले जन्मदिनका अवसरमा होटलमा फजूल खर्च गर्नुभन्दा विकास निर्माणमा लगानी गर्न उपयुक्त लागेको बताउनुभयो । फाउण्डेसनको बैँक खातामा सो रकम जम्मा गरेको कलाकार विष्टले जानकारी दिनुभयो । साथै, उहाँले सुर्खेत उद्योग वाणिज्य सङ्घको व्यावसायिक राहत अक्षयकोषलाई पनि सहयोगस्वरुप रु ५१ हजार १११ प्रदान गर्नुभएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २९ पुस २०७६, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै