काठमाडौं । एक वर्ष अगाडि सार्वजनिक बसमा हस्त मैथुन गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
ती युवाले सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो अपलोड गरेको आधारमा उनलाई महानगरीय अपराध प्रहरी महाशाखाले पक्राउ गरेको बताइएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले घटनामा संलग्न युवालाई महाशाखाको टोलीले सोमबार चितवनबाट पक्राउ गरेको बताए ।
करिब एक वर्षअघि ललितपुरको डल्लु–लगनखेल रुटमा चल्ने अनुमान गरिएको सार्वजनिक यातायातभित्रै हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सार्वजनिक भएपछि त्यसको निकै आलोचना भएको थियो ।
अपराध गर्ने व्यक्तिले नै खिचेको उक्त भिडियोमा देखिए अनुसार बस बिसौनीमा बिसाइरहेको एउटा खाली बसमा महिला चढ्दै गर्दा ती पुरुष पनि चढ्छन् र पछाडि बस्न नपाउँदै आफ्नो पाइन्ट खोलेर अनैतिक क्रियाकलाप गर्न थाल्छन् ।
उनले बारम्बार आफ्नो क्यामरा ती महिलातर्फ देखाउँछन् । तर ती महिलालाई आफ्नो पछाडि के भइरहेको छ, त्यसबारे अत्तोपत्तो छैन । महिलाको कपालमा वीर्य स्खलन गरेपछि उक्त भिडियो समाप्त हुन्छ ।
आज पत्रकार सम्मेलन गरेर घटना र पक्राउ परेका युवकबारे थप जानकारी दिने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०७६, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ