काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २० जना पक्राउ परेका छन् ।
काठमाडौंको नागर्जुन नगरपालिका-४ बाफलबस्ने ३५ वर्षीय सुर्यमान श्रेष्ठको सुमन गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ६ जनालाई नगद ७४ हजार ८ सय ५० रुपैयाँ र १ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, चन्द्रागिरी नगरपालिका-३ थानकोटस्थित टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने ३० वर्षीय हरि श्रेष्ठ लगायत ७ जनालाई नगद ३१ हजार ५ सय ३५ रुपैयाँ र ३ बुक ताससहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, चन्द्रागिरी नगरपालिका-६ महादेवस्थान बस्ने ५० वर्षीय दल कुमार एडीको घरमा जुवातास खेलिरहेको अवस्थामा एडी लगायत ७ जनालाई नगद ७० हजार रुपैयाँ र ४ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ पुस २०७६, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ