(एजेन्सी) । इरानमा गत बुधवार बिहान १७६ जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटना ईरानकै मिसाईलबाट भएको दाबी गरिएको छ । क्यानाडेली, अमेरिकी र बेलायती अधिकारीहरुले पनि गुप्तचरको सूचनाको हवाला दिँदै विमानलाई इरानको मिसाइलबाट नै खसालेको दाबी गरिरहेका छन् ।
इमाम खोमेनी अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट बुधबार उडान भरेको केही समयमा दुर्घटना भएको थियो । दुर्घटनामा विमानमा सवार १ सय ७६ जनाको मृत्यु भएको थियो । इरानले भने विमानमाथि मिसाइल प्रहार गरेको आरोपको खण्डन गरेको छ । ‘यो सबै इरानविरुद्ध मनोवैज्ञानिक युद्ध हो । दुर्घटनामा ज्यान गुमाएका नागरिकका राज्यले आफ्नो प्रतिनिधि पठाउन सक्छन् र हामी बोइङलाई पनि ब्ल्याक बक्सको अनुसन्धान प्रक्रियामा सहभागी हुन अपिल गर्दछौँ,’ सरकारका प्रवक्ता अली राबेइलाई उद्धृत गर्दै इरानको सरकारी टेलिभिजनले जनाएको छ ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार उक्त विमान दुर्घटनाको समय हेर्दा इरानले अमेरिकासँग बदला लिन तयारी गरिरहेका बेला भुलवश त्यसलाई अमेरिकी लडाकु विमान ठानेर हानेको हुन सक्छ । सीबीएस न्यूजले अमेरिकी गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै प्रहार गरिएका दुईवटा क्षेप्यास्त्रमा एउटा भूउपग्रहले इन्फ्रारेडसम्बन्धी कमजोरी पत्ता लगाएको थियो।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र वरिष्ठ अमेरिकी गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै न्यूजवीकले युक्रेनी विमानलाई रुसमा निर्मित टोर क्षेप्यास्त्रबाट मार हानिएको हुन सक्ने आकलन गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार उक्त विमानमा के भयो भन्नेबारे सन्देह रहेको बताएका छन्।
इरानका एक सैन्य जेनेरल कासिम सुलेमानी अमेरिकी हवाई कारबाहीमा मारिएपछि बढेको तनावका बीच इरानले उक्त विमानको ब्ल्याकबक्स अमेरिकी विमान निर्माता कम्पनी बोइङलाई नदिने बताएको छ। तर इरानका विदेशमन्त्रीले चाहिँ बोइङलाई अनुसन्धानमा सहभागी हुन निम्ता दिएका छन्।
अन्तर्राष्ट्रिय हवाई नियम अनुसार इरानलाई उक्त दुर्घटनाको अनुसन्धानको नेतृत्व गर्ने अधिकार रहन्छ। तर त्यसमा जहाज उत्पादक पनि सामेल हुनुपर्नेछ। विभिन्न गुप्तचरी सूचनाहरूका अनुसार जमिनबाट आकाशमा आक्रमण गर्न सकिने क्षेप्यास्त्रबाट उक्त विमानमा प्रहार भएका सङ्केतहरू पाइएको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि बताएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २५ पुस २०७६, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतबार ओमानमा हुने
'इरान र अमेरिका अर्को चरण वार्ता गर्न सहमत'
इरानद्वारा ट्रम्पसँग प्रत्यक्ष वार्ता अस्वीकार, अप्रत्यक्ष वार्ताका लागि तयार
अमेरिकालाई इरानको जवाफ: धम्की दिने सरकारसँग वार्ता गर्दैनौँ
इरानले सन् २०२४ मा ९०१ जनालाई मृत्युदण्ड दिएको छ : राष्ट्रसंघ
इरानको परमाणु केन्द्रमा इजरायलले गर्यो आक्रमण