इरान । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको देशको सहकार्य निलम्वनका लागि कानून लागू गर्न आदेश जारी गरेका छन। संवैधानिक परिषद्का प्रवक्ता हादी तहन नाजिफले इरानको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र यसको आणविक सुविधाहरू र वैज्ञानिकहरूको सुरक्षा पूर्ण रूपमा ग्यारेन्टी नभएसम्म एजेन्सीसँगको सहकार्य निलम्वन गर्न आह्वान गरेको बताए ।
जेश्कियानले मंगलवार इरानको आणविक ऊर्जा संगठन, इरानी विदेश मन्त्रालय र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्लाई लेखेको पत्रमा यो आदेश जारी गरे। इरानी संसदले गत बुधवार पारित गरेको र भोलिपल्ट संवैधानिक परिषद्ले अनुमोदन गरेको कानून संयुक्त राज्य अमेरिका र इजरायलद्वारा इरानको राष्ट्रिय सार्वभौमिकताको उल्लङ्घन र देशको क्षेत्रीय अखण्डता साथै शान्तिपूर्ण आणविक सुविधाहरूमाथिको आक्रमणका कारण लागू गरिएको हो ।
जुन १३ मा, इजरायलले इरानका आणविक तथा सैन्य स्थलहरूसहित धेरै क्षेत्रहरूमा ठूला हवाई आक्रमणहरू गरेको थियो । जसमा वरिष्ठ कमाण्डरहरू, आणविक वैज्ञानिकहरू र धेरै नागरिकहरू मारिएका थिए । इरानले इजरायलमा धेरै क्षेप्यास्त्र र ड्रोन आक्रमणहरूको जवाफ दिएको थियो । जुन २२ मा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले तीन इरानी आणविक स्थलहरू – फोर्डो, नातान्ज र एस्फहानमा हवाई आक्रमण गरेको बताउनु भयो । प्रतिक्रियामा इरानले कतारमा रहेको अमेरिकी अल उदेइद हवाई अड्डामा क्षेप्यास्त्र आक्रमणहरू गरेको थियो । १२ दिनको लडाई पछि, जुन २४ मा इरान र इजरायल बीच युद्धविराम भएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १९ असार २०८२, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुंगियो
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृत्यु भएपछि इरानको कडा प्रतिक्रिया
इरानद्वारा स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गर्ने घोषणा
अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको जवाफी आक्रमण