एजेन्सी । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायलसँगको द्वन्द्व सुरु भएपछि पहिलो पटक सार्वजनिक रूपमा देखापरेका छन्। यो जानकारी सरकारद्वारा सञ्चालित सञ्चारमाध्यमले दिएका हुन्।
सरकारी टेलिभिजनमा शनिबार प्रसारित फुटेजमा खामेनी शिया पर्व आशुराको एक दिन अगाडि एक मस्जिदमा अभिवादन गर्दै देखिएका थिए। खामेनीको पछिल्लो उपस्थिति इजरायलसँगको द्वन्द्वका क्रममा रेकर्ड गरिएको सम्बोधनमा थियो । इजरायलको आक्रमणमा इरानी उच्च कमान्डर तथा आणविक वैज्ञानिकहरू मारिएका थिए।
इजरायलले इरानका आणविक र सैन्य स्थलहरूमा हमला गरेपछि इरानले इजरायललाई लक्षित गरी हवाई हमलाहरू गरेर जवाफ फर्काएको थियो। इजरायलसँगको १२ दिने युद्धका क्रममा खामेनी तीनवटा भिडियो सन्देशमार्फत टेलिभिजनमा देखा परेका थिए । त्यतिबेला उनी बंकरमा लुकेको हुनसक्ने अनुमान गरिएको थियो।
शनिबार इरानी सञ्चारमाध्यममा खामेनीको उपस्थितिले प्राथमिकता पाएको थियो । उनका समर्थकहरूले उनलाई टेलिभिजनमा देखेर खुसी व्यक्त गरेको फुटेज पनि देखाइएको थियो।
खामेनीले वरिष्ठ धर्मगुरु महमुद करिमीतर्फ फर्केर उनलाई ‘ओ इरान’ राष्ट्रगान गाउन प्रोत्साहित गरेको देखिन्छ। यो देशभक्तिपूर्ण गीत इजरायलसँगको हालैको द्वन्द्वका क्रममा विशेष गरी लोकप्रिय भएको थियो।
सरकारी टेलिभिजनले सो क्लिप तेहरानको इमाम खोमेनी मस्जिदमा खिचिएको बताएको छ, जसको नाम इस्लामिक गणतन्त्रका संस्थापकको नामबाट राखिएको हो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २२ असार २०८२, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि बोल्यो चीन, संयुक्त राष्ट्रसंघमा आपत्ति
इरानी आक्रमणको युएईद्वारा कडा निन्दा, आफ्ना सैन्य बललाई 'उच्च सतर्कता' मा रहन निर्देशन
अवस्था सामान्य नहुँदासम्म इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको आह्वान
सम्झौताविना टुंगियो अमेरिका–इरान वार्ता
इरान र अमेरिकाबीच आणविक वार्ता पुन: सुरु हुने