एएफपी । इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा ९३५ जनाको मृत्यु भएको छ । युद्धविराम लागू भएको करिब एक सातापछि यो विवरण सार्वजनिक गरिएको हो ।
“सियोनवादी शासनद्वारा हाम्रो देशमाथि थालिएको १२ दिने युद्धको क्रममा हालसम्म ९३५ जना शहीदको पहिचान गरिएको छ,” न्याय परिषद्का प्रवक्ता असगर जहांगीरलाई उद्धृत गर्दै सरकारी समाचार संस्था इरानले जनाएको छ ।
मृतकमध्ये १३२ जना महिला र ३८ जना बालबालिका रहेका छन् । इरानका अनुसार जुन १३ गते इजरायलले इरानका सैनिक शिविर, आणविक अनुसन्धान स्थल र आवासीय क्षेत्रहरूलाई लक्षित गरी बम आक्रमण शुरु गरेको थियो । ती आक्रमणमा उच्चपदस्थ सैनिक अधिकृतहरू र वैज्ञानिकहरूको मृत्यु भएको उल्लेख गरिएको छ ।
इरानले पनि जवाफी कारबाही स्वरूप मिसाइल र मानवरहित विमान प्रयोग गरी इजरायलका प्रमुख सहरहरूमा आक्रमण गरेको थियो। इजरायली अधिकारीहरूका अनुसार ती कारबाहीमा २८ जनाको मृत्यु भएको थियो ।
दुवै देशबीच जुन २४ गते युद्ध विराम लागू भएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १७ असार २०८२, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलद्वारा गाजामा भीषण बमबारी, पूरै सहर कब्जा गर्ने तयारी
इजरायलले भन्यो-‘विपिन जोशीको अवस्था अज्ञात’
गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने इजरायलको घोषणा
गाजामा इजरायलले खसाल्न थाल्यो मानवीय सहायता
गाजामा हजारौँ भवन ध्वस्त पार्दै इजरायल
इजरायलको आक्रमणमा इरानका राष्ट्रपति घाइते : रिपोर्ट