काठमाडौं । नेपाली महिला फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा हुने खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ।
नेपालले उज्बेकिस्तानमा महिला एसियन कप छनोट खेलेपछि पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। यी खेलका लागि विदेशमा व्यावसायिक फुटबल खेलिरहेका प्रीति राई, सावित्रा भण्डारी साम्बा, पूजा राई तथा एन्जिला तुम्बापो सुब्बा टिममा सामेल भएका छन्।
नवनियुक्त प्रशिक्षक नबिन न्यौपानेको यो पहिलो खेल हो। प्री म्याच कन्फरेन्समा न्यौपानेले अट्याकिङ रणनीतिका साथ मैदानमा उत्रिने र यी मैत्रीपूर्ण खेलमा नयाँ खेलाडी परीक्षण गर्ने जानकारी दिए।
नेपाली टोलीले १० गते भारतसँग दोश्रो मैत्रीपूर्ण खेल खेल्ने छ। त्यसपछि १३ कात्तिकमा भारतसँग अर्को एक अनअफिसियल खेल पनि हुनेछ। फिफाको वरियतामा भारत ६३औं, इरान ७०औं तथा नेपाल ८९औं स्थानमा छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ कार्तिक २०८२, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड : संयुक्त राष्ट्रसंघ
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए