काठमाडौं । नेपाली महिला फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा हुने खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ।
नेपालले उज्बेकिस्तानमा महिला एसियन कप छनोट खेलेपछि पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। यी खेलका लागि विदेशमा व्यावसायिक फुटबल खेलिरहेका प्रीति राई, सावित्रा भण्डारी साम्बा, पूजा राई तथा एन्जिला तुम्बापो सुब्बा टिममा सामेल भएका छन्।
नवनियुक्त प्रशिक्षक नबिन न्यौपानेको यो पहिलो खेल हो। प्री म्याच कन्फरेन्समा न्यौपानेले अट्याकिङ रणनीतिका साथ मैदानमा उत्रिने र यी मैत्रीपूर्ण खेलमा नयाँ खेलाडी परीक्षण गर्ने जानकारी दिए।
नेपाली टोलीले १० गते भारतसँग दोश्रो मैत्रीपूर्ण खेल खेल्ने छ। त्यसपछि १३ कात्तिकमा भारतसँग अर्को एक अनअफिसियल खेल पनि हुनेछ। फिफाको वरियतामा भारत ६३औं, इरान ७०औं तथा नेपाल ८९औं स्थानमा छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ कार्तिक २०८२, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुंगियो
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृत्यु भएपछि इरानको कडा प्रतिक्रिया
इरानद्वारा स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गर्ने घोषणा
अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको जवाफी आक्रमण