काठमाडौँ । शान्ति स्थापनार्थ यूएन मिशनका क्रममा विभिन्न देशमा तैनाथ नेपाली सेनाका युनिटहरुलाई आवश्यक सुरक्षा सतर्कता अबलम्वन गर्न नेपाली सेनको जङ्गी अड्डाले निर्देशन दिएको छ ।
अमेरिकाको ड्रोन आक्रमणमा परी ईरानको ईस्लामिक रेभुलेसनरी गार्ड कप्र्सका प्रमुख कसिम सुलेमानी मारिएपछि उत्पन्न परिस्थितिका कारण खतरा हुनसक्ने भन्दै सेनाले सतर्कता अपनाउन निर्देश गरेको हो ।
अमेरिकी कारवाहीको प्रतिकार गर्दै ईरानले ईराकमा तैनाथ अमेरिकी सेनाका विभिन्न वेशमा मिसाईल आक्रमण गरेको छ । उक्त क्षेत्रमा खटिएका नेपाली सेनाका शान्ति सैनिकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको सेनाले एक विज्ञप्तिजारी गरी जनाएको छ । उक्त स्थानमा तैनाथ नेपाली शान्ति सैनिकहरु सकुशल रहेको समेत सेनाले जनाएको छ ।
मिसन ईराकमा तैनाथ नेपाली सेनाको गार्ड यूनिटलगायथ युनिफाइड मिशन लेवनान र अण्डफ मिशन सिरियामा तैनाथ नेपाली सेनाका युनिटहरुलाई विशेष सुरक्षा सतर्कता अबलम्वन गर्न, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा मिसन हेडक्वाटर र श्रीशान्ति सेना सञ्चालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन सेनाले निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ पुस २०७६, १९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की नेपाली सेनाद्वारा आयोजित घोडे जात्रा समारोहमा सरिक
विश्व शान्तिमा नेपाली सेनाको गर्व लायक उपस्थिति
मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प
नेपाली सेनाका रथी श्रेष्ठ यूएनको फोर्स कमान्डरमा नियुक्त
नेपाली सेनाद्वारा एक वर्षमा ४२ नाल हतियार, पासो र ४ हजार घरेलु हतियार बरामद
अनाधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह