काठमाडौँ । शान्ति स्थापनार्थ यूएन मिशनका क्रममा विभिन्न देशमा तैनाथ नेपाली सेनाका युनिटहरुलाई आवश्यक सुरक्षा सतर्कता अबलम्वन गर्न नेपाली सेनको जङ्गी अड्डाले निर्देशन दिएको छ ।
अमेरिकाको ड्रोन आक्रमणमा परी ईरानको ईस्लामिक रेभुलेसनरी गार्ड कप्र्सका प्रमुख कसिम सुलेमानी मारिएपछि उत्पन्न परिस्थितिका कारण खतरा हुनसक्ने भन्दै सेनाले सतर्कता अपनाउन निर्देश गरेको हो ।
अमेरिकी कारवाहीको प्रतिकार गर्दै ईरानले ईराकमा तैनाथ अमेरिकी सेनाका विभिन्न वेशमा मिसाईल आक्रमण गरेको छ । उक्त क्षेत्रमा खटिएका नेपाली सेनाका शान्ति सैनिकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको सेनाले एक विज्ञप्तिजारी गरी जनाएको छ । उक्त स्थानमा तैनाथ नेपाली शान्ति सैनिकहरु सकुशल रहेको समेत सेनाले जनाएको छ ।
मिसन ईराकमा तैनाथ नेपाली सेनाको गार्ड यूनिटलगायथ युनिफाइड मिशन लेवनान र अण्डफ मिशन सिरियामा तैनाथ नेपाली सेनाका युनिटहरुलाई विशेष सुरक्षा सतर्कता अबलम्वन गर्न, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा मिसन हेडक्वाटर र श्रीशान्ति सेना सञ्चालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन सेनाले निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ पुस २०७६, १९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाका रथी श्रेष्ठ यूएनको फोर्स कमान्डरमा नियुक्त
नेपाली सेनाद्वारा एक वर्षमा ४२ नाल हतियार, पासो र ४ हजार घरेलु हतियार बरामद
अनाधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स
नेपाली सेनाको स्वर्ण पदक विजेता टोलीलाई जंगी अड्डामा सम्मान
भूकम्प प्रभावित म्यानमारलाई नेपाली सेनाको मल्हम- मेडिकल राहतसहितको टोली प्रस्थान