काठमाडौँ । एउटा नेपाली हेलिकप्टरका बारेमा भारतमा हल्लीखल्ली भएको छ ।
गत सोमबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भुजेला क्षेत्रमा उडेको सो हेलिकप्टरका कारण भारतमा हल्लीखल्ली भएको हो ।
भारतीय अखबार ‘अमर उजाला’का अनुसार उक्त हरियो रङको उक्त हेलिकप्टर भुजेला गाउँ हुँदै बनबासा क्षेत्रमा पुगेको थियो । शारदा ब्यारेज र भारतीय सीमा सुरक्षा बल (एसएसबी) क्याम्पमाथि केही बेर उडेर सो हेलिकप्टर नेपालतर्फ फर्किएको उक्त समाचारमा बताइएको छ ।
भारतीय सुरक्षा एजेन्सीहरुले यस सम्बन्धमा उच्च अधिकारीहरुलाई जानकारी गराएको र नेपालसँग पनि जानकारी माग गरिएको बताइएको छ ।
भारतीय सुरक्षा एजेन्सीहरुले उक्त हेलिकप्टरबारे जानकारी जुटाउनका लागि गुप्तचरलाई समेत परिचालन गरेको उक्त अखबारको दावी छ । उक्त हेलिकप्टर आफ्नो वायुक्षेत्रमा प्रवेश गरेको र सुरक्षा निकायको क्याम्पमाथि उडेको भन्दै पूर्व जानकारीविना यसरी आउनुको कारण पत्ता लगाउन भारतीय अधिकारीले मातहतका निकायलाई निर्देशन दिएको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २४ पुस २०७६, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण
बाजुरामा गर्भवतीको हेलिकप्टरबाट उद्धार
काभ्रेको रोशीमा फसेकाको उद्धारार्थ हेलिकप्टर परिचालन
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
रुसको कामचट्कामा २२ जना सवार हेलिकप्टर बेपत्ता