काठमाडौँ । अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाली समयअनुसार बुधबार साँझ इरानको विषयलाई लिएर सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले इरानी हमलामा अमेरिकी सेनालाई केही पनि नभएको बताए । इरानले इराकस्थित सैन्य बेसमा मिसाइल आक्रमण गरेपछि ट्रम्पले यो सम्बोधन गरेका हुन् । उनले भने, ‘केही सामान्य क्षति भयो। कोही हताहत भएनन्।’ उनले इरानी सैनिक कमान्डरलाई पहिले नै मारिनुपर्ने भन्दै ढिला गरी मार्नुपर्दा दुःख पनि व्यक्त गरे ।
गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा परेर सैनिक कमान्डर कासिम सुलेमानी मारिएपछि इरान अमेरिकाबीच तनाव बढ्दो छ । ट्रम्पको सम्बोधनले थप युद्ध भने नहुनेजस्तो देखिएको छ ।
उनले आफूहरुसँग हतियार, मिसाइल सबै भएपनि आफूहरु सोको प्रयोग गर्ने पक्षमा नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ पुस २०७६, २२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोनाल्ड ट्रम्पले ‘युद्धपछिको गाजाका लागि व्यापक योजना’ बारे ह्वाइट हाउसमा ‘ठूलो बैठक’ गर्ने
ट्रम्पको कठोर नीतिले अमेरिकामा घट्यो आप्रवासी जनसंख्या, अर्थतन्त्रमा असर पर्ने
अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित
इरानले बहादुरीका साथ लड्योः डोनाल्ड ट्रम्प
ट्रम्पको यात्रा प्रतिबन्ध, १२ देशका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक
ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध