काठमाडौँ । अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाली समयअनुसार बुधबार साँझ इरानको विषयलाई लिएर सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले इरानी हमलामा अमेरिकी सेनालाई केही पनि नभएको बताए । इरानले इराकस्थित सैन्य बेसमा मिसाइल आक्रमण गरेपछि ट्रम्पले यो सम्बोधन गरेका हुन् । उनले भने, ‘केही सामान्य क्षति भयो। कोही हताहत भएनन्।’ उनले इरानी सैनिक कमान्डरलाई पहिले नै मारिनुपर्ने भन्दै ढिला गरी मार्नुपर्दा दुःख पनि व्यक्त गरे ।
गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा परेर सैनिक कमान्डर कासिम सुलेमानी मारिएपछि इरान अमेरिकाबीच तनाव बढ्दो छ । ट्रम्पको सम्बोधनले थप युद्ध भने नहुनेजस्तो देखिएको छ ।
उनले आफूहरुसँग हतियार, मिसाइल सबै भएपनि आफूहरु सोको प्रयोग गर्ने पक्षमा नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ पुस २०७६, २२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प
ट्रम्पको ४८ घण्टे धम्कीमा इरानको प्रतिक्रिया : 'तिमीहरूका लागि नर्कको ढोका खुल्नेछ
अमेरिकी सेना इरान जाने सम्भावना छ: डोनाल्ड ट्रम्प
ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छायाँ
'मोदी मेरा असल मित्र, तर मसँग खुसी छैनन्' : डोनाल्ड ट्रम्प