‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प

सफल खबर संवाददाता

शनिबार, ०५ बैशाख २०८३, १३ : १६
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प

अबर्ड एयर फोर्स (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभए सम्म इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी कायम राख्ने योजना बनाएको बताएका छन् । 

इजरायल र लेबनानबिचको युद्ध विराम सम्झौता पछि इरानले शुक्रबार स्ट्रेट अफ होर्मुज पुनः खोलेको छ, यद्यपि तेहरानले अमेरिकी नाकाबन्दी जारी रहेमा होर्मुज जलमार्ग फेरि बन्द गर्ने धम्की दिएको छ ।

तेहरान र वासिङ्टनबीच यस अघि भएको युद्ध विराम बुधवार समाप्त हुने भएको छ ।

युद्ध विराम विस्तार हुन्छ कि हुँदैन भनेर सोधिएको प्रश्नमा ट्रम्पले पत्रकारहरूलाई युद्ध विराम विस्तार नगर्ने तर नाकाबन्दी जारी राख्ने बताएकी हुन् । 

यस अघि पाकिस्तानमा भएको वार्तामा अमेरिका र इरानका मागहरू बीच मुख्य भिन्नता भएका कारण सहमतिमा पुग्न असफल भएका छन् ।

ट्रम्पले पत्रकारहरूलाई इरानले स्ट्रेट अफ होर्मुज हुँदै जाने जहाजहरूमा “कुनै शुल्क नलगाउने बताएका छन् । सामाजिक सञ्जाल ट्रुथमा उनले होमूज खोल्दा चिनियाँ राष्ट्रपति सी जिनपिङ धेरै खुसी भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस