काठमाडौँ । इस्लामिक रिभोलुसनरी गाडए क्रप्सका प्रमुख कासिमी सुलेमानीको हत्यापछि इरानले इराकमा तैनाथ अमेरिकी सैन्य बेसमा गरेको आक्रमणपछि नेपाली सेनाले शान्ति स्थापनार्थ यूएन मिशनहरुमा तैनाथ आफ्ना युनिटहरुलाई आवश्यक सुरक्षा सतर्कता अबलम्वन गर्न निर्देशन दिएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार एक विज्ञप्तिमार्फत उक्त स्थानमा तैनाथ नेपाली शान्ति सैनिकहरु सकुशल रहेको पनि जानकारी गराएको छ ।
सेनाले ईराकमा तैनाथ गार्ड युनिट लगायत युएनआईएफआईएल मिशन लेवनान र युएनडीओएफ मिशन र सिरियामा तैनाथ नेपाली सेनाका युनिटहरुलाईसमेत विशेष सुरक्षा सतर्कता अबलम्वन गर्न, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा मिशन हेडक्वार्टर र शान्ति सेना सञ्चालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ पुस २०७६, १८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनामा तीन सय ८८ पदमा जागिर खुल्यो
नेपाली सेनाप्रति ऋणी रहनेछौं : हामी नेपाल
भ्रामक सूचनामा विश्वास नगर्नुस् : नेपाली सेना
अलपत्र परेका विदेशी नागरिकलाई सुरक्षाकर्मीमार्फत सहयोग गर्ने सेनाको आग्रह
बौद्ध र चाबहिल क्षेत्रबाट लुटिएको करिब ३४ लाख सेनाद्वारा बरामद
वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना