काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले आफ्नो अस्ट्रेलिया भ्रमणका सन्दर्भमा गलत समाचार सम्प्रेषण दावी गरेका छन् ।
सिड्नीका सुरक्षाकर्मीले नेपाल भ्रमण वर्ष २०२० को र्याली गर्न रोक लगाएको समाचार सार्वजनिक भएपछि भट्टराईले त्यसमा कुनै सत्यता नरहेको दावी गरेका हुन् ।
‘मौन जुलुस मार्फत पर्यटन वर्षको प्रवर्द्धन गरिएको थियो । भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
भट्टराईले अस्ट्रेलियाको सिड्नीमा नेपाली राजदूतावासको आयोजना तथा एनआरएए लगायतका संघ–संथाको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको पनि बताएका छन् ।
उनले कार्यक्रममा न्यू साउथ वेल्स स्टेटका सभामुखसहित अस्ट्रेलियाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधिलगायतको उपस्थिति रहेको भन्दै सो क्रममा उनीहरुका तर्फबाट शुभकामना मन्तब्यव्य पनि व्यक्त भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ पुस २०७६, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भैरहवा एयरपोर्ट छानबिन समितिमा बस्दिनँ’: योगेश भट्टराई
पूर्व राजालाई राज्यले दिएको सम्मान भंग भयोः योगेश भट्टराई
कानुन अनुसार नै केबुलकार बनाउने जिम्मा दिएको बिर्सन हुँदैन : योगेश भट्टराई
संघीय संसदबाट अध्यादेश पारित हुन्छ : योगेश भट्टराई
सामाजिक सञ्जाललाई प्रतिबन्ध होइन, नियमन गर्न खोजेका हौं : योगेश भट्टराई
अध्यादेशबाटै जन्मिएको पार्टीले विरोध गर्दा अचम्म लाग्छ : योगेश भट्टराई