बाँके । चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । आज बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार नेपालगञ्ज–१३ महापुरवाका ५४ वर्षीय गुरुदिन खटिकको घरमा चट्याङ पर्दा गुरुदिनसहित पाँच घाइते भएका हुन् । चट्याङ लागेर ५५ वर्षीया श्यामकला खटिक, ४५ वर्षीय राजितराम खटिक, १८ वर्षीय रामरुप खटिक र चार वर्षीय सुबी खटिक घाइते भएका हुन् ।
चट्याङ लागेर घाइते भएका उनीहरु सबैको नेपालगञ्जस्थित भेरी अस्पतालमा यतिखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । चट्याङ लागेर गुरुदिनले पालेको एउटा बङ्गुरसमेत मरेको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १८ पुस २०७६, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा चट्याङ लागेर २ किशोरको मृत्यु
गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु, दुई जना घाइते
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
मकवानपुरमा किरिया बसेको घरमा चट्याङ पर्दा एक जनाको मृत्यु, ७ जना घाइते
चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु
चट्याङ लागेर एक महिलाको मृत्यु