विराटनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले पार्टीलाई बलियो एवं सुदृढ बनाउने विधानलाई आफूले नमिचेको स्पष्ट पार्नुभयो ।
सभापति देउवाले सरकारका प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले सभामुख र उपसभामुख पाउनुपर्ने माग गर्दै बहुचर्चित एमसिसीलाई सरकारले पास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले पार्टीको हरेक क्रियाकलापमा सहमति खोज्दै अगाडि बढिरहेको जानकारी दिँदै लामो समयदेखि नेतृत्वविहीन नेपाल विद्यार्थी सङ्घमा छिट्टै नेतृत्व ल्याउने धारणा व्यक्त गर्नुभयो । एक प्रश्नको जवाफमा सभापति देउवाले पार्टीभित्र एकता र मेलमिलाप कायम रहेको छ भन्नुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १६ पुस २०७६, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा